Skip to content

बन्द बाकसभित्र आज एउटा लाश आएछ


आर्यघाटमा बन्द बाकसभित्र आज एउटा लाश आएछ
आफन्त हैन भन्ने थाहा पाएर अलिकति सास आएछ

भन्थ्यो सारा संसारको सुख तिमीलाई दिन्छु
आफू मात्र हैन तिमीसाथ हुँदा संसारै बिर्सिन्छु

सुटुक्क कानमा माया गर्छु तिमीलाई भन्थ्यो लजाएर
गयो पर्देश ऊ भबिश्यको स्वर्णिम सपना कति सजाएर

डर लाग्छ यो बन्द बाकसले भोलि को बोकी आउने हो
फर्क मेरो माया आफ्नै देशमा केही गरे पनि त भो

सम्झी यो बाकस उकुश्मुकुसिएको मनको तडप उर्लिरहन्छ
भोको-पय्सी तिमी घोटिरहँदा आत्मा मेरो यहाँ जलिरहन्छ

आर्य घाटमा बन्द बाकस भित्र आज एउटा लाश आएछ
आफन्त हैन भन्ने थाहा पाएर अलिकति सास आएछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *