Skip to content

बजार जाऊ साहुले भाउ बढेको कुरा गर्छन्

  • by


बजार जाऊ साहुले भाउ बढेको कुरा गर्छन्
श्रीमतीले घर भोकै बसेको कुरा गर्छन

फुर्सदमा कैले काही निस्कन्छु गाउँतिर
नसुनेको गाउँलेहरू देखेको कुरा गर्छन्

छोराछोरी पढ्न जान खोज्छन स्कुलतिर
फिस नतिर्दा शिक्षकले पिटेको कुरा गर्छन्

बा’आमाको गुनासो नि सानो त कहा छ र !
साथीभाइ पैसै पैसा गनेको कुरा गर्छन्

उधारोमा बल्ल बल्ल कोट किनेर लाएँ
दाजुभाइ यो जाडोले सेकेको कुरा गर्छन

अरे यार झनै दिक्क अचेल लाग्न थाल्यो
देशमा कोही युद्ध गर्न लागेको कुरा गर्छन्

रमेश अर्याल(स्याङ्जालि रमेश)
अर्जुनचौपारी ४
हाल – मरुभूमिको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *