Skip to content

झरीमा परी

यो झरीमा परी झै लाग्ने को हो तिमी सुन्दरी
बूंद बूंद भै झरुं कि आफै, स्पर्श पाउन घरी घरी

भक्तहरुको उपासना हो या प्रक्रितीको सुन्दर सिर्जना
तिर्खाएको मरुभूमीको हाल झैं भयो मनको तिर्सना

यो झरीमा परी झै लाग्ने को हो तिमी सुन्दरी
बूंद बूंद भै झरुं कि आफै, स्पर्श पाउन घरी घरी

प्रभाती उषाको के हुन्थ्यो गाढा ओंठको त्यो लाली
मोहनी लगायौ कि तिमीले हेरीरहुं झै लाग्ने खाली

यो झरीमा परी झै लाग्ने को हो तिमी सुन्दरी
बूंद बूंद भै झरुं कि आफै, स्पर्श पाउन घरी घरी

गाजलु आँखामा नशालु भाखा पग्लिन्छ ढुंगा पनि
झुकी लुक्छ काँडा भित्र लजाइ फूल को थुँगा पनि

यो झरीमा परी झै लाग्ने को हो तिमी सुन्दरी
बूंद बूंद भै झरुं कि आफै, स्पर्श पाउन घरी घरी

1 thought on “झरीमा परी”

Leave a Reply to handsome_richboy232002 Cancel reply

Your email address will not be published. Required fields are marked *