नव वर्ष फुलोस फलोस मेरो शुभकामना
वैरभाव र विरोध ढलोस मेरो शुभकामना
दिदीबहिनी, दाजुभाइ, देश र विदेश सबमा
सद्भावको दीप बलोस मेरो शुभकामना
रातो दिनको खिचातानी, छल र बेइमानी
खरानी भै छिट्टै जलोस मेरो शुभकामना
हाम्रो शान र अस्तित्वमा धावा बोल्न खोज्ने
लुटाहारको मस्तक गलोस मेरो शुभकामना
सयौँ थुँगा फूलको माला सजाई नेपालको
उन्नतिमा पाइला चलोस मेरो शुभकामना
नयाँ वर्ष २०१३ को उपलक्षमा देशभित्र तथा बाहिर रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइ, मित्रगण तथा आफन्तजनहरुमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु ।
कोमल भट्ट, अमेरिका
डिसम्बर २८, २०१२

प्रिय मझेरी डट कम,
यो
प्रिय मझेरी डट कम,
यो निरन्तरको स्नेह,सद्भाव र मायाकोलागि हार्दिक आभार तथा धन्यबाद सहित उत्तरोत्तर प्रगतिको कामना गर्दै नया वर्ष ई.सं.2013 को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु l
धन्यवाद र शुभकामना
कोमलजी,
गजल र मिठा शब्दहरूको लागि धन्यवाद छ । यहाँको लेखनको निरन्तरताको शुभकामना । अनि शुभकामना नयाँ वर्षको ।
Majheri .com
Majheri .com
Jhapa garamani 7 lakhibari
Jhapa garamani 7 lakhibari