मनभरि चोट दिई भुली गए कोही
यो मुटुको डाली डाली फूली गए कोही
मैले स्वच्छ अपनत्व देखाएर होला
एकै पलमा मैसँग खुली गए कोही
मेरो सानो मझेरीमा सुगन्ध पाएर
भमरा झैँ रस चुसी डुली गए कोही
धर्ती पुरै फाटे जस्तो कथा सुनेपछि
एकछिन् त मख्ख परी झुली गए कोही
दोबाटोमा भेट हुँदा बोल्नै नपाएर
कति कुरा मनभित्रै हुली गए कोही
“अभागी”मुकेश रेउले
बलिया ८ आदर्श नगर
कैलाली
