Skip to content

नारी समानताका लागि हातेमालो गरौं

  • by


आमा !
सायद ! यो शब्द प्रत्येक मानवले पहिलो चोटी वोल्ने शब्द !
त्यही यस्तो नाता हो, जो सबैभन्दा नजिक र प्यारो हुन्छ ।
आमाकै दशधारा दुधले, बच्चाको पालनपोषण गर्छ र
एउटा सवल र सफल मान्छे कालान्तरमा पूर्ण हुन्छ ।
यो त्यही व्यक्तित्व हो नारी, सम्मान र आदरकी पात्र हुन आमा !
के तिनै नारीलाई अपहेलित र अपमानित गर्न सक्छौ तिमी ?
के महिला हिंशामा यो नारीको चित्त दुख्दैन ?
दिदी/बहिनी
यी शब्द पनि तिमीले बारम्बार लिने आत्मिय शब्द हुन्,
तिमी, यिनीहरू नै जन्मेको पेटबाटै पैदा हुन्छौ,
यिनीसँगै रमाउछौ, खेल्छौ, बढछौ र पढछौ पनि,
तिहारमा यिनीसँगै टीका थापेर, दक्षिणा दिन्छौ र ढोग्छौ गोडामै !
अनि ? तिम्रा दिदीवैनी जस्तै अरुका दिदीवैनीलाई,
के तिमी सम्मान दिन सक्दैनौ, ईज्जत गर्न सक्दैनौ ?
सक्नु पर्छ किनकी सबैका दिदीबहिनी नारी हुन्,
के नारीको पीडामा यी महिला मर्माहत हुदिनन् ?
पत्नी
अर्धागिंनी, भनेर त्यसै पक्कै भनिएको होइन,
यिनी बिना तिमी जहिले पनि अधुरो छौ, अपाङ्ग छौ,
विस्तारामा मात्र होइन, भान्छामा, कोठामा, चोटामा र समाजमा,
अनि तिम्रै सन्तान् र सन्ततिका माझमा, तिमी फगत् एक्लो ।
मात्र तिम्रो, कुनै पहिचान छैन, कुनै परिचय छैन भने,
तिम्रा शुक्राणुलाई ग्रहण गरेर मानवतालाई पूर्ण रुप प्रदान गर्ने,
सृष्टिकी महान श्रष्टा अथवा जो तिम्री आधा शरिर हुन्,
तिमी आकाश हौ भने, उनी धरति ! तिमी नर उ नारी अनि के ?
भन त मलाई तिमी,
तिम्रा सुखका लागि तयार उनैको प्राणपखेरु लिन लालायित तिमी ।
यो कस्तो मत्स्य न्याय हो ?
महिला आफैमा धैर्यताकी प्रतिमूर्ति हुन्,
र त तिमी उनीमाथी चक्कु चलाउँछौ धक्कु लगाउँछौ ।
वाह तिम्रो मर्द हुनुको परिभाषा, पुरुषको पर्याय !
धिक्कार छ तिम्रा ती कायरता र घृणित कार्यका लागि ।
तिमी त उनका रक्षक र पालनकर्ता भएको पो सुहाँउँछ त ।
भाउजु, माईजु, भान्जी, काकी, सानीमा, छोरी, भतिजी आदी
ई सबै तिम्रा लागि जसरी अर्थपूर्ण छन्, ठीक त्यसरी नै,
यस जगतका सम्पूर्ण नारीजातिलाई सम्मान गर, सलाम गर
सक्छौ भने उनीहरूको उद्धार, सहायता या पूजा गर
सक्दैनौ यदि भने, हे मानवताका खोल ओढेका व्वाँसाहरू हो ?
कसैको ईज्जत लुट्ने, व्यभिचार र वलात्कार गर्ने अनि,
प्रकृतिको सुन्दर रचनालाई कुरुप पार्ने कुचेष्टा नगर ।
खवरदार ! नरपशुहरू तिमीहरूलाई खाली बाबु, काका, मामा,
दाइ/भाइ, भतिजको नातामा सम्मान हैन, तिरष्कार गर्नु परिरहेछ,
र यौटा सुनौला दिन ल्याउन, यी राक्षसहरूलाई फाँसीमा लट्काउनु छ ।
नारी समानताका लागि, तिनीहरूलाई च्याम्बरमा जिउँदै जलाउनु छ,
अनि आदर्श पुरुष र नारीका वीच समागम गरी असल सन्तान पैदा गर्नुछ ।
केही समय धैर्य गर्नुस् फेरी एकचोटी नयाँ सृष्टीको सुरुवात गर्नुछ ।
नयाँ समाजको जग बसाल्नु छ र पुरानोलाई गर्ल्यामगुर्लुम ढाल्नुछ ।
यसका लागि आऊ हातेमालो गरौं ।
नर र नारी मिली आऊ समानतामा लागि हातेमालो गरौं ।
उज्यालो भविष्यको सुरुवात गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *