Skip to content

गहभरि संगाले सम्झनाहरू


गहभरि संगाले सम्झनाहरू झर्न दिइन
मरे आफैँ जिउदै चाहनाहरू मर्न दिइन

पीडा भयो बाहाना जिन्दगी बाँच्न एकबारको,
निको लाग्छ दर्द यो दुखाई कतै सर्न दिइन

हर-पल जलें म दिपक जस्तो ज्वाला दन्काई,
छरें संधै प्रकाश अँधेरी कतै पर्न दिइन

खाँए लाखौ हन्डर पाईला पिच्छे गर्दा बिश्वास,
भरें झोली चोटैले बिरह कतै भर्न दिइन

हरा-भरा बिहिन चट्टान मै हुँ छैन उर्वरा,
छर्किदिएँ आफैमा बिष यो कतै छर्न दिइन

कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया

2 thoughts on “गहभरि संगाले सम्झनाहरू”

  1. खाँए लाखौ हन्डर पाईला पिच्छे
    खाँए लाखौ हन्डर पाईला पिच्छे गर्दा बिश्वास,
    भरें झोली चोटैले बिरह कतै भर्न दिइन //

  2. खाँए लाखौ हन्डर पाईला पिच्छे
    खाँए लाखौ हन्डर पाईला पिच्छे गर्दा बिश्वास,
    भरें झोली चोटैले बिरह कतै भर्न दिइन //

Leave a Reply

Your email address will not be published. Required fields are marked *