Skip to content

राप हो कि ताप,जे भए नि घाम भनी थापे


राप हो कि ताप,जे भए नि घाम भनी थापे
छानै जलाई सेकाको अन्न माम भनी थापे

मल र जलको भलले थिचिएकी गंगा
मन्दिरको किनरा पुगेछी,धाम भनी थापे

ताप्केको बिँड नतातेको कती भयो चुल्होमा
तिर्मिराको आँखा,रातो के थ्यो जाम भनी थापे

राबणका दश टाउका ,शायद एक दाउका
दश दाउका टाउका उठे, राम भनी थापे

आँफै धामी आँफै बोक्सी, डम्फुको ताल आफ्नै
भेटिले पुगेन,फिरौतीलाई काम भनी थापे

2 thoughts on “राप हो कि ताप,जे भए नि घाम भनी थापे”

Leave a Reply

Your email address will not be published. Required fields are marked *