जबसम्म उस्को नजरमा लगाम हुँदैन
तबसम्म निर्जलबाट कुनै काम हुँदैन
कि त पर्दा लगइयोस् कि बन्देज होस्
म जस्तो घायल कोही खुलेआम हुँदैन
जबसम्म उस्को नजरमा लगाम हुँदैन
बिश्वास कसरी गर्नेछ्यौ तिमी आरुलाई
चिनेका जति सबै पुरुषओत्म राम हुँदैन
जबसम्म उस्को नजरमा लगाम हुँदैन
मेरा आँखाहरूलाई लोभ्याएर सुताउछु सधै
सपनिमा नाअको तिमी कुनै साम हुँदैन
जबसम्म उस्को नजरमा लगाम हुँदैन
खाली नजर जुधाउछौ, बोल्न लजाएर
यसै गरी त कहिले पनि घरजाम हुँदैन
जबसम्म उस्को नजरमा लगाम हुँदैन
आँखा चिम्लेर हेर्न खोजी हेर एक्चोटि
कुन्-कुन मनमा निर्जल बदनाम हुँदैन
जबसम्म उस्को नजरमा लगाम हुँदैन
तबसम्म निर्जलबाट कुनै काम हुँदैन
