Skip to content

त्यो फूल कसरी झार्यौ है

RekhaSambahamphe


कोपिलाबाट फक्रेको त्यो फूल कसरी झार्यौ है
सृष्टिले दे’को सुन्दर जीवन आफैले मार्यौ है

जानु नै पर्ने यो धर्ती छाडी हो कुरा ध्रुबसत्य
रहस्य लुकै मृत्युलाई चाडै किन स्विकार्यौ है

हँसिलो मुहार अल्लारे बैशलाई माटोमा
मिसाई दुनिँयाको मुटु क्षत- विक्षत पार्यौ है

कुन पापी दैबले जुरै दियो दुस साहास त्यो
मिठो जन्मनाता त्यागी सबैलाई टाढा पार्यौ है

बुझेनन् कसैले लुकायौ तिम्रो आत्ममा पीडा
संघर्ष गर्दै जीवन जिउन खै किन हार्यौ है

1 thought on “त्यो फूल कसरी झार्यौ है”

Leave a Reply

Your email address will not be published. Required fields are marked *