तिम्रो त्यो प्रेम पाऊँ

ShantiRamDhakal-03


जुनी जुनीको अवतार
तिमीसँगै लिन पाऊँ
जिन्दगीको खुड्किलामा
तिमीसँगै हिड्न पाऊँ !

हरेक गोरेटोहरूमा
पाइला पच्छ्याउन पाऊँ
तिम्रो त्यो धड्कनमा
सधैं धड्कन पाऊँ !

कहिलेकाहीं मन बिसाउन
त्यो तिम्रो काख पाऊँ
अश्रुको भेल बगेमा
म बाँध कस्न पाऊँ !

सधैं सधैं त्यो मुहारमा
मुस्कान हेर्न पाऊँ
अनन्त जुगसम्म
तिम्रो त्यो प्रेम पाऊँ !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *