क्रुर शासनले पराकाष्टा नाघेको थियो – सिंहको । जंगली जनावरहरू त्यसको क्रुर शासनको अन्त्य चाहन्थे । सबै गुटबन्दीमा जुटे र क्रुर शासनको अन्त्य पनि गरे । सिंहलाई जंगलमा कुन दर्जा र स्थानमा राख्ने भन्ने तर्कमा एकापसमा मत–मतान्तर भयो ।
सिंह यी सब क्रियाकलापको चियो गर्दै मौन बसेको थियो, कुटिल चाललाई दिमागमा सल्बलाएर ।
सबै छलफलमा रहेको बेला एक शिकारीले सिंहको निर्देशनानुसार सबै जंगली जनावरलाई आफ्नो पासोमा पार्यो, सिंहलाई पनि ।
अहिले सिंह लगायतका सम्पूर्ण जनावरहरू एउटा सर्कसमा बेचिएका छन् । सर्कसमा कठपुतली भएर सबै राज गर्दैछन् । सिंह क्रुर शासन सम्झेर … अरू जनावर आपसी विवाद सम्झेर … ।
