Skip to content

हजार् चोट सहे पनि


हजार् चोट सहे पनि स्वाभिमानी छ
मान्छे काले भए पनि स्वाभिमानी छ

मजदुरी गर्छ तर इमान बेच्या छैन
बाध्यातामा परे पनि स्वाभिमानी छ

धेरै भयो गाको ऊ मलाई छोडेर
टाढा टाढा गए पनि स्वाभिमानी छ

माया गरी एक हुल याद पठाउँछ
भावनामा बहे पनि स्वाभिमानी छ

आवेशमा कहिलेकाँही रिस पनि पोख्छ
आखिर जे जे कहे पनि स्वाभिमानी छ

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

2 thoughts on “हजार् चोट सहे पनि”

  1. काले भा नि नेपाली हुँ
    साले भा

    काले भा नि नेपाली हुँ
    साले भा नि नेलाली हुँ

    तारे माले जे सुकै हौ
    एमाले भा नि नेपाली हुँ ||

  2. कबिता
    बिधा -: ग़ज़ल !
    रचना :- अन्जान लिबाङ ।

    संगै जिँउने मर्ने उनले ।
    झुटो क़सम खाइदिदा । ।
    सोझोपनको फाइदा उठैइ ।
    देबाटोमा फालि दिदा ।।

    सपनाको महल आज भताभुङग भयो ।
    स्वर्ग जस्तो जिबन मेरो नर्क तुल्य भयो ।।

    नत जिउँनु नत मर्नु ।
    भयो मलाइ आज ।।
    जिउँदो लास झै बाँचिराछु।
    ज़िन्दगीको माँझ ।।

    रहर हुन्न कसैलाइ तातों आँशु पिउँन ।
    गारो भयो आज मालाइ ऐक्लो जिबन जिउँन ।।

    नटुटाउनु तिमले उसको ।
    ज़िन्दगीको साथ ।।
    आँशिरबाद छ मेरो तिम्लाइ ।
    नलागोस है मात ।।

    सपनाको महल आज भताभुङग भयो ।
    स्वर्ग जस्तो जिबन मेरो नर्कतुल्य भयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *