Skip to content

यसपालीको तीजमा पनि


यसपालीको तिजमा पनि माइतीघर आइन आमा
मनको दुख मनमै राखे पोख्न पनि पाइन आमा

आए होलान दिदी बहिनी नाचे होलान सबै जना
आफू भने भोकै सुते दर पनि खाइन आमा

घुमी घुमी किन आउँछ गरिबलाई चाड पनि
बेदनाले छाती पोल्यो गीत पनि गाइन आमा

बदलियो तीज पनि गाउने भन्दा लाउने तिर
बुच्चो कान छोपी हिंडे केही पनि लाइन आमा

रंगीचंगी थियो गाउँघर पार्टी थियो टोलटोलमा
दुख सम्झी घरै बसेँ कतै पनि धाइन आमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *