Skip to content

न तिमी रहन्छौ, न म रहन्छु

  • by


न तिमी रहन्छौ, न म रहन्छु घमण्ड, इर्ष्या नगर प्रिय
परिक्षा दिन आएका हामी भोलिलाई दुःख नभर प्रिय

हाम्रो सपना जल्यो त के भयो शरीर जलेर जान्छ भोलि
यी रमिते माँझ क्षणिक सुख भोगेर तल नझर प्रिय

आँखाले देख्ने असत्य सबै, यो आत्मा चिन्ने कोशीस गर
मन्दिर धाएर ढुङ्गा पूजी निर्जीवको भर नपर प्रिय

यो आत्म एक सत्य असत्य सबै बाहिर सुख पाईदैन
आत्मा बिनाको मुढ हो शरीर बाहिर ब्यर्थ नचर प्रिय

हेर लिएर आयो लिएर जान्छ हाम्रो शरीर माटो नै हो
देवको स्थान पवित्र आत्मा नचिनी तिमी नमर प्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *