Skip to content

गर्ने विलास, गद्दीमा लेटी

  • by


गर्ने विलास, गद्दीमा लेटी,
ती महाराजा, फाल्न लखेटी ।

कुनैका भव्य, महल् र फाँट,
कसैका वास, सडक र पेटी ।

माटाको माया, मुटुमा राखी,
विर्सेर भुरा, केटा र केटी ।

लड्नै पसेछौ, व्वा’सा सम्मुख,
सामन्ती जरा, फाल्न पो मेटी ।

देशले खोज्दा भै शहादत,
मारेछ दुष्ट, ले घाँटी रेटी ।

श्रद्धान्जली वीर् !, गर्छौं, अर्पण्
लेऊ हे शहिद् ! पुष्प-हार, भेटी ।

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *