Skip to content

चुनाब आउदा राँगा बुङ्गुर काट्ने दिन गए


चुनाब आउदा राँगा बुङ्गुर काट्ने दिन गए
भोट दिन्न भन्नेलाई डाँट्ने दिन गए

जति लुट्नु लुटिसक्यौ नदेख सपना अब
सँधैभर सत्ताको गुलियो चाट्ने दिन गए

जागिसके जनता लाटा अब कहाँ छन् र ?
गाँउमा आई झुट्टा भाषण छाँट्ने दिन गए

बाह्र बर्षसम्ममा त खोला पनि फर्किन्छ रे
पैसासँग अमूल्य भोट साट्ने दिन गए

कुना कुना पुग्दैछ चेतनाको दियो आज
सिधा साधा अनपढ भनी ढाँट्ने दिन गए

Leave a Reply

Your email address will not be published. Required fields are marked *