Skip to content

तिम्रो मेरो मायाप्रीति

  • by


तिम्रो मेरो मायाप्रीति, सुकी जाने पानी भयो
तिम्लाई दे’को मायाप्रीति, सधैं आत्मग्लानि भयो

फूल बनी माया दिँदा, आखिर तिम्लाई नेल भयो
जिन्दगीको सवाल हुँदा, मलाई ठुलो झेल भयो
साँचो मायाप्रीतिमा, स्वार्थपूर्ण खेल भयो
बिछोडको बेदनामा, नयन आसुँ भेल गयो

निश्चल अटल मायामा, दैव पनि पर भयो
सुन्दर हाम्रो संसारमा, भत्किएको घर भयो
देख्छु तिम्लाई सधैंभरि, मेरै सामु वरिपरि
तिम्रै यादले सताउँछ, किन मलाई घरीघरि

आउछ्यौ तिमी सधैंभरि, जिन्दगीको चौबाटोमा
कुर्न मन लाग्छ, किन तिमी हिंड्ने दोबाटोमा
तिमी पनि फर्की हेर, बेहल यो आकृतिमा
स्वार्थी भई हिड्छौ किन केबल तिम्रो प्रगतिमा

तिम्रो मेरो मायाप्रीति …..
तिम्लाई देको मायाप्रीति ….

केशव लामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *