जुन सरकार आए पनि जनतालाई भार भयो
किनिसक्नु छैन केही महङ्गी उपहार भयो
गणतन्त्र भयो केबल आकासको फल मात्र
दशौँ हजार शहिदहरूको बलिदान बेकार भयो
बिगार्नु बिगार्यो सरकार परिबर्तनको खेलले
जुट्दैन सहमति सबैलाई दिक्दार भयो
जुन जोगी आएपनि कानै चिरेका मात्र
केही गर्न नसक्ने सरकार लाचार भयो
हौसिंदैछन् राजाबादी शुरु भयो चलखेल
प्रतिगामीहरूको मात्र सपना साकार भयो
