अन्तिम प्राणसम्म बस्दा आज आखिर हरायौ प्रिय
मलाई ल्याको प्रेम पुष्प मेरै लाशमा चढायौ प्रिय
ढिलै भएपनि हातमा, गुलाफ बोकी आउदा तिमी
सेतो बस्त्र ढाँकी मोठमा, मलाई देखी करायौ प्रिय
कति धाउँथे तड्पाउथ्यौ अझै अन्तिम आशा थियो
घमन्डले गर्दा तिम्रौ, यस्तो हालत गरायौ प्रिय
दुई अक्षर माग्दा माग्दै प्राण त्याग गर्दा मैले
त्यागमा कति माया रैछ भन्दै आफै डरायौ प्रिय
मलाई जलाएर स्वाहाग मनाउनु अर्कै सँग
पुष्यतिथि पारी माथमा सौभाग्य भरायौ प्रिय
रामकृष्ण पौडेल “अनयास”
भरतपुर – 13, गजलकुन्ज चितवन
