Skip to content

आखिर मेरै प्यारमा खोट देखायौ

  • by


आखिर मेरै प्यारमा खोट देखायौ सानु
नदिएको मैले कसुर खोट देखायौ सानु

सँगै मिली बनाएको प्रेमको चौतारी यो
भाँच्दै आदि पिपल को बोट देखायौ सानु

बेच्छौ आफ्नो जवानीलाई आफ्नै मुल्य तोकी
त्यसै गरि कमाएका नोट देखायौ सानु

रुप रंग उमेर छदै पछि लाग्दा अचेल यहाँ
मेरा दाबेदार हुन् भन्दै भोट देखायौ सानु

रामकृष्ण पौडेल”अनयास”
गजलकुन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *