दशैंआयो खसीबोका ढाल्दैहोलान् गाउँघरतिर
साथिभाइ लिङ्गे पीङ् हाल्दैहोलान् गाउँघरतिर
सफासुघ्घर भएहोलान् गाउँका सबै बाटाहरु
दिदीबहिनी घर पोत्न थाल्दैहोलान् गाउँघरतिर
यो साल पनि परदेशबाट छुट्टि नपाउँदा
बाबुआमा पीरले आँसु खसाल्दैहोलान् गाउँघरतिर
ठूला घरमा पाक्दैहोलान् मीठा मीठा परिकार
गरिबहरु ढिंडो खान थाल्दैहोलान् गाउँघरतिर
हुनेलाइ दशैं आयो नहुनेलाइ कठै दशा
हर्केहरु गिट्टि बालुवा चाल्दैहोलान् गाउँघरतिर
