Skip to content

स्वाभिमानी नेपालीका सम्मान बेचिए

JituKhadka


स्वाभिमानी नेपालीका सम्मान बेचिए
लेखिएका मस्यौदा र बिधान बेचिए ।।१।।

घण्टा बजाउ दियो बाल के हेर्छौ पूजारी?
आस्थासँगै मन्दिरका भगवान बेचिए ।।२।।

अलमल्ल हुँदै छन घाटमा मलामी
सत्यानास हिजै राति चिहान बेचिए ।।३।।

कस्ले लुट्यो खुशी उस्को रुँदै छ बिचरा !
हाँडा भाडा गरिबका निसान बेचिए ।।४।।

सहमति सहकार्य कुर्शीको खेलमा
सत्तासामु इमानका दोकान बेचिए ।।५।।

अशिक्षा र अभावको फाईदा उठाइ
बेसाहारा अबला र नादान बेचिए ।।६।।

इज्रायल अरब अनि कतार दुवैमा
युवासँगै युवतीका बथान बेचिए ।।७।।

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *