तिमी हिड्ने बाटो बेग्लै, मैले हिड्ने बाटो बेग्लै
घाम छायाँ जस्तो भयौ, बाच्नु पर्ने एक्लै एक्लै
तन टाढा भए पनि, मन्को दुरी छैन कत्ति,
सपनीमा भेट हुँदा, हुन्छौ एकै दियो बत्ती
साथ सबै बिर्सु भन्छु, आई दिन्छ याद बनि
सबै सामु हास्नै पर्छ, आँशु जति बगे पनि
तिमी हिड्ने बाटो बेग्लै, मैले हिड्ने बाटो बेग्लै
घाम छायाँ जस्तो भयौ, बाच्नु पर्ने एक्लै एक्लै
तारा पनि झर्छ हेर गगनको साथ छोडी
कोशी पनि बग्न थाल्यो आज आफ्नै धार मोडी
भेट्नु छुट्नु रित रै’छ, सम्झनाको जालो बुन्दै
जुनी त्यसै बित्ने भयो कल्पनामा याद तुन्दै
तिमी हिड्ने बाटो बेग्लै, मैले हिड्ने बाटो बेग्लै
घाम छायाँ जस्तो भयौ, बाच्नु पर्ने एक्लै एक्लै
कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल-दक्षिण कोरिया