Skip to content

मुसुक्क हाँसी टुसुक्क बस्यौ

JeetuKhadkaGaule


मुसुक्क हाँसी टुसुक्क बस्यौ पियारी ठानौ कि ?
झिम्कायौ आँखा प्रेमको निम्तो सुपारी ठानौ कि ?

जमना कस्तो आएछ बरै सुन्दै म तर्सिए
विवाहअघि जन्मायौ नानी कुमारी ठानौ कि ?

अतृप्त प्यास रहेछ तिम्रो मेटेन कसैले
बनिछौ दासी प्रेमको प्यासी भिखारी ठानौ कि ?

अँधेरी रात छोडेर साथ मस्किदै आयौ नि
तिर्सना मेट्ने मलाई भेट्ने सवारी ठानौ कि ?

बिग्रेका केटा उ भन्दा जेठा अगाडि पछाडि
धनको पोको थुपार्ने ठाउँ भकारी ठानौ कि ?

First published in Majheri on : 2012-10-17 16:29:45 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *