गाउँ घर सम्झे मन रुन्छ परदेशीको
दशैंपनि दशा जस्तै हुन्छ परदेशीको
मालश्रीको धुन बज्दा आँखा रसाएर
आँखाबाट अश्रुधारा चुन्छ परदेशीको
आँशुको त आहालै छ दह पसिनाको
मनको मैलो पसिनाले धुन्छ परदेशीको
उजेलीको साथी काम दिनै भरी उसको
अन्धेरीमा मात्र साथी जुन छ परदेशीको
वेदनाका पोकाहरू आफ्ना आफ्नै यहाँ
बिरहको कथा कस्ले सुन्छ परदेशीको
जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
