Skip to content

शुभकामना साटासाटको रीत बनोस दशैं


कसैको हार होइन जीत बनोस् दशैं
शुभकामना साटासाटको रीत बनोस् दशैं

भड्किलो होइन सरलतामा मनाऔं चाड
गरिब दुखी सबैको हित बनोस् दशै

झगडा मनोमालिन्यको नहोस् कतै बिजारोपण
माया प्रेम स्नेहको गीत बनोस् दशैं

बिकृति र बिसंगतिले नपाओस जरो गाड्न
जाँड रक्सी जुवातास निषेधित बनोस् दशैं

निराशाको बादल हटोस खुसीयाली छाओस सँधै
हाँसी खुसी रहून सबै प्रफुल्लित बनोस् दशैं

2 thoughts on “शुभकामना साटासाटको रीत बनोस दशैं”

  1. Sweet
    thank a lot for very sweet words included every social combination of words and emotions..
    Wish you and family, happy Dashain.
    Best regards
    Himan from Bahrain
    हाँसी खुसी रहून सबै प्रफुल्लित बनोस् दशैं

Leave a Reply

Your email address will not be published. Required fields are marked *