अति भो
भो अब त भो
आफृ्ले आफैलाई रोप्ने र खोप्ने काम
सुन्न र सुनाउन पनि लाजमर्दो भो ।
नसुन्न र नभोग्न चाहेर पनि पाइन्न रैछ
सन्चको गाँस पेटमा पार्न पनि
अब त हजुर सपना नै देख्न पर्ने रैछ
भन्न त सबै गुलियौ गुलियो ओकल्दछन्
गर्न भने तीतोलाई पनि भुल्दछन्
त्यसैले त ए मेरा हजुर
मलाई मेरै विश्वास पकाउनुछ
मलाई मेरै भविष्य फलाउनुछ ।
अस्ति भर्खरैको कुरा हो
थापा ठृ्ल्दाइ खेतबाट झर्दै रैछन्
घरमा उनको लास मात्र पुग्यो
स्कृ्ल पढेर फर्कर्दै गरेको पल्लाघरे कान्छो
अपाङ्ग बनेर घरको सिकुवामा बस्न पुग्यो
घाँस काट्न गएकी जानकी बलत्कृत भएर फर्की
विवरण कति पेस गरुँ र
कर्किनी माइली वनबाटै गायव भई ।
अब त चमत्कारमाथि अर्को चमत्कार हुन लाग्यो
छोराले पनि बावुलाई चिन्न नपर्ने भो
दिदीले बहिनीलाई नबुझे पनि हुनेभो
भाइले साथीभाइसँग सम्बन्ध नगाँसे पनि भो
अति भो
भो अब त भो
आफृ्ले आफैलाई रोप्ने र खोप्ने काम
सुन्न र सुनाउन लाजमर्दो भो
भोग्न र भोगाउन सकस भो ।
नन्दलाल आचार्य
तपेश्वरी, १, उदयपुर
