Skip to content

बिर्सी गई पापिनीले

  • by


बिर्सी गई पापिनीले भन्छ होला उस्ले वहाँ
कसो गरी भन्नु मैले मेरो हालत यस्तो यहाँ

बगाउदै आँशुहरू रोई रोई बसेकी छु
तन मात्र यहाँ तर मन अझै मेरो त्यहाँ

सपनीमा हरपल गाउँ बस्ती देख्छु मेरै
दु:ख पोख्ने ठाउँ मैले परदेशमा भेटु कहाँ

नसोचेको नसम्झेको छैन सानु कुनै पल
छाडने छैन याद आउन जति टाढा पुगु जहाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *