
१)
मान्छेले पशुको रुप लिएपछि यस्तै हुन्छ
दसा लागेर स्याल शहर पसे जस्तै हुन्छ
राष्ट्रियता बोक्नेरु पार्टीबाट उदाउदा रछन्
उताका यता आई रोइ दिएको दुरुस्तै हुन्छ ।
२)
रहस्यमय छ यो मुलुकमा स-सँगै रोइदिन्छ
दुर्घटना केही छैन जुलुसमा अँझै रोइदिन्छ
साँढेको पछिपछि ब्वाँसाहरू हेर्दैछन् दाउ
कहिले वनमा कहिले शहरमा सधैं रोइदिन्छ ।
३)
कुकुरलाई घिउ पच्दैन रे, नाक चाटिरहन्छ
जतिसुकै कुटेपिटे पनि चाट्न आटिरहन्छ
बिडम्बना यही छ तल देखि माथिसम्म नै
निर्धन रोडमा गाँठ्वाला सिटमा ढाटिरहन्छ ।
४)
फर्काउन नपाउने गरी हाँसीहाँसी रुवाउँछ
खान मनै नलागे पनि जबर्जस्ती पिलाउँछ
सधैं सत्ता र भत्ताको दाउमा चल्छ हानाहान
जनतालाई चै पानीको फोहोराले पन्छाउँछ ।
✍️ डम्बर धिमाल राजदोङ्ग्ये, मोरङ ।
२०७७ पुस १२ सोमबार ।
