Skip to content

भरिएको थिए पोखिदा शर्मको कुरा भने

  • by


भरिएको थिए पोखिदा शर्मको कुरा भने
संस्कृतिले प्रकृति खुँद्दा धर्मको कुरा भने

लिङिय सिमाको हदबन्दीमा थुनी दिए
देव र दासिको भेदलाई कर्मको कुरा भने

कर,भर,डर,रहर के थियो खोलिए
मुख लुकाए रे आफ्नाले मर्मको कुरा भने

छनौट बनौटको कुरामा कालो छाला आयो
अर्थोक त ठीक थियो रे चर्मको कुरा भने

कसैले भोज भने,कसैले मोज ,कसैले बोझ
मेलापात सरी खनिए पर्मको कुरा भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *