Skip to content

लक्ष्मी पुजा गरी दिदी


लक्ष्मी पुजा गरी दिदी बाल्यौं होली पाला पनि
गाँस्यौ हौली भाइलाई मखमली माला पनि

तेलको घेरा हाली साँच्चै तिम्ले ओखर फोड्दा
दैलो छोडी भाग्थे यम, फेर्दै आफ्नो चाला पनि

सप्तरङ्गी टिका हातले निधारमा सजाउँदा
मुस्काउँदा खुसीले नै पुष्ट हुन्थे गाला पनि

यसपाली नि यस्तै पर्यो परिस्थिति परदेशको
सक्ने भए तोडी दिन्थे बाध्यताका ताला पनि

सम्झेर यो भाइलाई अश्रुधारा बगाउँदा
सुसाउँदै होला तिनै गाउँका खोला नाला पनि ।

………दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *