Skip to content

तिहार कस्तो हुन्छ


बुझेको छु मैले पनि, तिहार कस्तो हुन्छ
दिदी-बैनी सामु हुँदा, निधार कस्तो हुन्छ

सप्तरङ्गी टीका लिन, स्वदेश फिर्ने बेला
गर्दै जाउँ तिहारको, विहार कस्तो हुन्छ

बुई बोकी न्याम खुवाइ लाको ॠण तिर्दा
फूल दाँजी हेर्छु उनको, मुहार कस्तो हुन्छ

चेली सम्झी मुटु दुख्छ?, नसोधे है त्यो त
रक्त नाता स्नेहको, पियार कस्तो हुन्छ

जान्छु म त दिदी भेटी, फूलको माला चुम्न
हेर्छु आज बाटो छेक्ने, निहार कस्तो हुन्छ

3 thoughts on “तिहार कस्तो हुन्छ”

Leave a Reply to Buddhi Moktan Cancel reply

Your email address will not be published. Required fields are marked *