Skip to content


एकातर्फ
-स-साना खोलीहरू
स-साना बिचारका तरेलीहरू
स- साना खुशीमा रमाइरहेछन
तिनीहरूले अरूलाई बिचार लाद्नु छैन
तिनीहरूले अरूबाट कवि भनिनु छैन ।

अर्को तर्फ
-दुरह जस्तै दुरूस्त बनेर
दार्शनिकहरू छन
फलाम जतिकै गह्रौँ भै टोपलेर
बिचारकहरू छन
जो शब्द खान्छन
जो शब्द चपाउछन ।

फेरि एकातर्फ
-रङ्गकर्मीहरू छ
न सत्यताको रङ्ग भर्छन
कोपिलालाई फक्रन ठाउ दिन्छन
नाम थिएन भने पनि
शिकारूलाई नाम दिन्छन ।

फेरि अर्को तर्फ
-शालिन अनुहारहरू छन
जो पहिल्यै चिनिसकिएका छन
तिनले कुनै कुरा लेखेर
आफूलाई पुन: परिभाषित गर्नु छैन
तिनीहरू चुपचाप चुपचाप भिड हेरिरहेछन
भिडमा को सही को गलत तिनीहरू जान्दछन
तर केही बोल्दैनन
तिनीहरू पोखिदैनन
तिनीहरू हेपिदैनन
झरना होइन ताल होइन
तिनीहरू महासागर हुन
तिनीहरू यहा खासमा मेरूदण्ड हुन।

बजारको भिडमा आफ्नो आवस्यकतामा दगुर्ने
प्रत्येक मान्छे जस्तै
सबैको आफ्नो ताल र सुर छ
नियाल्यो भने खुशीको तुल छ
गलत सोच्यो भने कसुर छ
रमाइरहेछन नेपाली मन
फेसबुक यात्रामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *