Skip to content

म यो देश बनाउँछु

  • by

म यो देश बनाउँछु अनि घर बनाउँछु
बगर झै उजाड ती नदी सागर बनाउँछु

मानौ, कुनैदिन यदि म भगवान भए भने
सबै मान्छेहरुलाई समानन्तर बनाउँछु
म यो देश बनाउँछु अनि घर बनाउँछु

यो देशको हालत हेर्दा कुन बाउले भन्छ होला?
मेरो छोरोलाई म यो देशको लिडर बनाउँछु
म यो देश बनाउँछु अनि घर बनाउँछु

बादर झै गरेर त्यो छ्यणभरमै भत्काइरहन्छ
बढो मिहनेत लगाएर म जीवनभर बनाउँछु
म यो देश बनाउँछु अनि घर बनाउँछु ।

तिम्रै मर्जी चाहे जुत्ता लाउ या खुत्ता दरो बनाउ
तिमीले कुल्चिरहने यो छाती अब पत्थर बनाउँछु

सरकार शहरलाई विशालनगर बनाउँछु भन्छ
तर किन भन्दैन कि गाउलाई शहर बनाउँछु
म यो देश बनाउँछु अनि घर बनाउँछु

तिम्ले बडादशैं एकचोक्टो मासु फ्याकेर साहेद
सोच्यौ कि! कुकुर हु म र गु खाने रहर बनाउँछु

हो; धेरै गर्न जरुरी छ, उस्लाई बारम्बार मर्न जरुरी छ
जो भन्छ ईतिहास लेख्छु र मेरो नाम अमर बनाउँछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *