Skip to content

छेक्यो छेक्यो देउराली डाँडा

  • by


छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले
छोडेन कहिले जहाँ गए पनि मायाको धुइरोले
झ्यालैमा बसेर, ल है, जिस्क्याउनु पर्दैन

झरनाको पानी के सारो मिठो गला नै चिसाउने
मायाको बोली क्या सारो मिठो मुटु नै बिझ्याउने
हो हो मुटु णै बिझ्याउने
छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले

गोधुली साँझमा न्याउली गाउँछे बिरह भाकैमा
दिल बस्यो लौ न हसिलो मुहार गाजलु आँखैमा
हो हो गाजलु आँखैमा
छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले

शब्द, संगीत – शुक गुरुङ्
स्वर – रविन श्रेष्ठ (नेपथ्य)

(नेपथ्य -२, हिमाल चुचुरे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *