अस्तित्वको लडाईँ भन्दै लड्दै छ मान्छे ।
एउटा माथि नै अर्को बुई चढ्दै छ मान्छे ।
कति क्रुर भयो चिन्दैन रगतको नाता
कुल्चदै तिनै आत्मा अघि बढ्दै छ मान्छे ।
कल्पान्तरका कुरा ती प्रकाण्ड जान्ने भई
देश भक्तिको झुटो पाठ पढ्दै छ मान्छे ।
छत्रपति बनी जो कोही रोज्छ चौशाला
बाहिर महान् बनी भित्रै सड्दै छ मान्छे ।
आ–आफ्नै जातित्वले गर्दा बनी पराई
दुश्मनीको विज नै रोप्न खट्दै छ मान्छे । ……..दर्पण
