Skip to content

तिम्रो त्यो हँसिलो मुहारको

  • by


तिम्रो त्यो हँसिलो मुहारको
झझल्को जब आँउदा
बिछोडका कुरा कल्पिन थाल्छन्
तिम्रो तस्वीरले चित्त बुझाउँदा

सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले
परायालाई आफन्त ठाँनी मुटुमा राख्नाले
मेरो त्यो पवित्र त्यो प्यारको
कल्पना जब गर्दा
आँशुका धारा बहन थाल्छन्
तिम्रो तस्वीरले चित्त बुझाउँदा

लागेको चोट यो छातीभित्र कसरी सहनु
हारेको मैले मै रोई बस्छु तिमी चाहिं नरुनु
मेरा ती जीवनका कथाहरु
अपुरो गरेर छोड्दा
यी आँखा मेरा टोलाउन थाल्छन्
तिम्रो तस्वीरले चित्त बुझाउँदा

शब्द, संगीत – सम्भुजित बासकोटा
स्वर – दीपक खरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *