Skip to content

चाँद खोज्दैछ आज अन्धकारमा

  • by


चाँद खोज्दैछ आज अन्धकारमा साथ तिम्रो
उता जुन टुलुटुलु हेरि सुन्छ, बात तिम्रो

स्वयम तिमी चम्कन्छौ अँधेरी यो प्रहरमा
प्यारले जगत उज्यालो दिन्छौ कस्तो मात तिम्रो

ढल्छ किरण बिहानीको क्षितिजपारि सानो गाउँमा
अनि खोतल्छु एक्लै प्रेम पत्रको खात तिम्रो

म पनि संसार भुल्छु तिम्रो साँझको आगमनमा
किनकि मेरो स्पर्षमा साथ हुन्छ माथ तिम्रो

प्राणनै हर्छौ म खप्न सक्दिन धेरैबेर
जब मेरो शरीरलाई सुमसुम्याउँछ हात तिम्रो

रामकृष्ण पौडेल”अनयास”
गजलकुन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *