Skip to content

सरल शिष्ट बोली नमनले

  • by


सरल शिष्ट बोली नमनले लुट्यो मन
निरन्तर रसिलो गमनले लुट्यो मन

बाहना बनाई नजर वाण हान्दा
मीठो चोट हल्का दमनले लुट्यो मन

समाएर हातै कदम लम्किएको
जुनेली प्रहरको भ्रमणले लुट्यो मन

सधैँ पूर्ण आभा नियालेर हेर्दा
अविरल मिलेको अमनले लुट्यो मन

उपस्थित टुटाई हुँदाखेरी टाढा
मुटु पोतिएको समनले लुट्यो मन

दुबै बाहु पाशमा कसिएर बस्दा
सुधापान जस्तै रमणले लुट्यो मन

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
14 January, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *