हुन सक्छ तिम्रो जस्तो उसको औकात छैन
ऊ गरीब हो र गरीब हुनुमा कुनै पश्चताप छैन
हैसियतले हुदैन काटे, रगत रातै आउँछ, मान्छे
मान्छे हो र मान्छेलाई बुझाउने अर्को जात छैन
हकिकतमा नभए नि तिमी बिगतमा त छौनी
तिमीलाई सम्झिएर म नरोएको कुनै रात छैन
तिम्रो मस्त आँखा र मुस्कानको आसपास यस्तो
लाग्छ त्यो बकबास बोतलको रक्सीमा मात छैन
जीवनमा जस्ले शान्ति र सत्य लेखेको थियो
दुर्जन र दुश्मनले काटिदिए दुई वटै हात, छैन
देश घर परिवार र सरकार किन बिग्रीदैन
जब सुधार्न यहाँ कसैको पनि साथ छैन
पीडित मजदुर किसान र गरीबको शासन छैन
यहाँ, राम्रो चिजको कदापि मूल्याङ्गकन छैन
माया गर्छ त्यो चिजले कसरी तिम्रो रक्षा गर्छ
जुन चिजको जुनै इज्जत छैन, जतन छैन
✍️सुजन बुढाथोकी
रतुवामाइ, मोरङ्ग
