Skip to content

रुवाइ


विश्वासको नाता तोडेर पो रोए,
अन्धकारमा मलाई छोडेर पो रोए

सँगै बाँच्ने सँगै मर्ने खाएका कसमहरू
यो रंगिन दुनियामा तिमी भुलेर पो रोए

सोचिनौ एक चोटी पनि सँगै हुदाका पलहरू
मेरै भनी विश्वास गर्दा एक्लै परेर पो रोए

अब भन्नु के नै छर तिम्रा लागि मैले
फुल्छु भनी खोज्दा खोज्दै झरेर पो रोए

Leave a Reply

Your email address will not be published. Required fields are marked *