जताततै तिम्रै चर्चा चलेको रैछ यहाँ
अति सुन्दर मुहार हेर्दै दुनिया जलेको रैछ यहाँ
मलाई पानि तिम्लाई भेट्दा बोल्न लाको थियो
नबोलेर राम्रो गरे जवानी आयो बलेको रैछ यहाँ
बोलेको भए फस्ने रैछु नौ जालेको जालभित्र
अमृतको बोट बनी बिषको बास्ना दिने फूल फुलेको रैछ यहाँ
अरु बेला नहेरे नि त्यति बेला हेरेछ्न मैले पुज्ने भगवानले
मानव हिड्ने बाटोमा नै ठुलै रुख ढलेको रैछ यहाँ
