Skip to content

शहर स्तब्ध छ

  • by

यतिबेला शहर स्तब्ध छ
म निःशब्द छु ।

जीवन रङ्गाउने रहरमा
भविष्य खोज्नेहरूको शहरमा
भोक र रोगको कहरमा
पलपलका बिझाउने खबरमा
यतिबेला शहर स्तब्ध छ
म निःशब्द छु ।

रोकिनु भन्ने आदेशसँगै
रोकिनै पर्नै बाध्यातासँगै
आजको अलिकति आशाहरू रोकिएको छ
भोलिको उज्यालो सपना रोकिएको छ
यतिबेला शहर स्तब्ध छ
म निःशब्द छु ।

मान्छेभित्रको मानवता
मृत्युसँगको संवेदनामा
हतारिँदै अत्तालिँदै
जताततै छरपष्ट भइरहँदा
यतिबेला शहर स्तब्ध छ
म निःशब्द छु ।

मन रोकिएको छैन हजुर यतिबेला
सपनामै भएपनि मनहरू
जीजीविषाका लालसाहरूमा
आफ्नो र परिवारको समृद्दि देखिरहेछन्
फुरुङ्ग भएर फुरफुर नाचिरहेछन्
प्रत्येक दिनका बिहानीसँगै
गञ्जागोलभित्रको कोलाहलमा
सपनाहरू भत्किएर
समय र परिवेशका दाउपेचसँगै
पलपलमा मन भाँचिदै जाँदा
यतिबेला शहर स्तब्ध छ
म निःशब्द छु ।

अजित आचार्य
व्यास- ९, कलेस्ती तनहुँ ।
हाल – चन्द्रागिरी -५, मातातीर्थ, काठमाडौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *