Skip to content


शनिबारको दिन बिहानी पख
देखें मैले एउटी सुन्दरीलाई
त्यो रुपकी रानीले
मोहनी लगाई मलाई

ऊ राम्री छे, हिस्सी परेकी राम्री छे
उसको हेराइले पागल भएँ म
उसको बोलाइले लठ्ठ परें म
त्यो वैंशकी रानीले
चोरी गराई मलाई

ऊ प्यारी छे यौवनकी सुकुमारी छे
उसको अधरमा डुबिसकें म
उसको नजरमा पौडिसकें म
त्यो पापी जवानीले
कैदी बनायो मलाई

शब्द – उत्तम श्रेष्ठ
स्वर – उदित नारायण झा
संगीत‍ – सम्भुजित बासकोटा
चलचित्र – झझल्को

Leave a Reply

Your email address will not be published. Required fields are marked *