उदाउँदा जून तारा टोलाइदिने बानी कस्तो ?
एक छिन टाढा हुँदा बोलाइदिने बानी कस्तो ?
टाढाबाट ईशाराले माया गर्छु तिम्लाई भन्दा
फूलको थुङ्गा फक्क्रे झैं फक्रिइदिने बानी कस्तो ?
मिलन हुन्छ छिट्टै हाम्रो भनिरहन्छु म सधैं
हतासिँदै तिम्रो आँखा लोलाइदिने बानी कस्तो ?
माया हो आत्म विश्वास माया नै हो साहस पनि
तर पनि शंकासँगै घोलाइदिने बानी कस्तो ?
सोझी तिमी लाटी तिमी लग्थ्यो मलाई यस्ता-यस्तै
“क्षितिज”लाई यसरी डुबाइदिने बानी कस्तो ?
केशब लामा “क्षितिज”
नेत्रकाली -७, सिन्धुली ।
हाल :K.S.A

good
hi dada congras ……yasto daams gajal lekhnu safal hunu vayako ma ani agami dinharuko new new sangraha ko laagi pani shuvakama….yours brothers…sajan