Skip to content

विश्वमा नभएको कीर्तिमान नेपालमा

विश्वको सबैभन्दा गहिरो गल्छी
काली गण्डकी नदीले बनाएको गल्छीलाई पृथ्वीमै र्सवाधिक गहिरो मानिन्छ । काली गण्डकीको किनारस्थित दानाको उचाइ करीब १,२०० मिटर छ भने यसकै छेउमा धवलागिरीको उचाइ ८,१६७ मिटर छ । चुलीदेखि वेसीसम्म जमीनको गहिराइ ६,९६७ मिटर छ । दानादेखि २००० मिटर दक्षिण रहेको तातोपानीको उचाइ अझ १,१८९ मिटर मात्र छ । दानाको गहिराइ मात्र लिंदा पनि अमेरिकाको ओरिगन नजीकको हेल्स क्यानियन (जुन विश्वको र्सवाधिक गहिरो मानिन्छ) २,४०० मिटर भन्दा ४,५५९ मिटर बढी गहिरो यो काली गण्डकी गल्छी रहेको छ ।

सबैभन्दा अग्लो ठाउँमा रहेको ताल
विश्वमा सबैभन्दा अग्लो स्थानमा रहेको ताल नेपालको ‘तिलिचो ताल’ हो । यो ताल मनाङ र मुस्ताङ जिल्लाको सीमा नीलगिरि हिमालको अन्नपूर्ण हिमालको उत्तर दिशामा ४,९१४ मिटर (१६,१६९ फीट) को उचाइमा अवस्थित रहेको छ । भने तालको ४ कि. मि. लम्बाइ, १.२ कि. मि. चौडाइ र करिब २०० मिटर गहिराइ छ ।

विश्वको अग्लो स्थानमा रहेको जलविद्युत आयोजना
दोलखा जिल्लामा अवस्थित ‘च्छो रोल्पा जलविद्युत आयोजना’ संसारको सबैभन्दा अग्लो स्थानमा सञ्चालित विद्युत आयोजना भएको छ । यो ताल ४,५८० मिटर उचाइमा रहेको छ । हिम तालबाट बिजुली निकाल्ने कार्य संसारकै पहिलो प्रयोग पनि हो । माइनस २० डिग्री सेल्सियसमा तापक्रम हुने यस क्षेत्रमा मानवबस्ती छैन ।

सबैभन्दा ठूलो लाली गुराँसको फूल
नेपालको राष्ट्रिय फूलको रुपमा चर्चित लाली गुराँसको फूल विश्वमै विशिष्ट फूलका रुपमा रहेको छ । १,८२५ मिटरको उचाइमा इलामको मंगलबारेमा विश्वमा नै सबैभन्दा ठूलो गुराँसको फूल फुल्दछ । नेपालमा पाइने रातो सिन्दूरे रङको एकथरि लाली गुराँसको फूल विश्वकै र्सवाधिक ठूलो मानिन्छ ।

सबैभन्दा सानो पैसा
जयप्रकास मल्लका समयमा वि.सं. १७४० तिर चाँदीबाट बनेको १/४ दाम (यव) को पैसानै संसारको सबैभन्दा सानो मानिएको छ । यो पैसा ०.००८ देखि ०.०१४ ग्रामको छ भने यसको आकार २‌x२ मिलिमिटर छ । यो मुद्रा कहिले दुई टुक्रा र कहिले ०.००२ ग्रामको १/४ यवको टुक्रामा बनाइने गरिन्थ्यो । एक औंस देखि १/४ यवको यस्तो सिक्का त्यस समय १४ हजार बनेको थियो ।

सबैभन्दा उचाइमा रहेको होटल
सोलुखुम्बु जिल्लामा रहेको ‘होटल एभरेष्ट भ्यू’ विश्वमा नै सर्वाधिक उचाइमा रहेको होटल मानिन्छ । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र करिब ३,८८० मिटरको उचाइमा अवस्थित होटेल हो । जहाँबाट सगरमाथाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । हरेक कोठाबाट आकर्षक र लालयित पार्ने दृश्यावलोकन गर्न सकिन्छ अमादब्लन लगायत अरु हिमश्रृंखलाको ।

विश्वमै नपाइने पुतली
विश्वका अरु कुनै पनि भागमा नभेटिने ७ प्रकारका पुतली नेपालमा पाइने कुराको जानकारी विशेषज्ञहरुले दिएका छन् । यी मध्ये चार प्रकारमा चाहिं १८,००० फीट माथिको उचाइ स्थित मनाङ भोटदेखि थरोङ भन्ज्याङ वरपर र मुस्ताङको मुक्तिनाथ क्षेत्रमा पाइन्छन् । ती चार जातका पुतली पोलियो माट्रस नेपालेन्सिस, पारनासियस एकडेटसिस, पोण्टिया शेर्पा तथा पारनासासियस व्लार्डविकी हुन् । ती क्षेत्रमा १२१ प्रकारमा पुतली पाइएको उल्लेख भेटिन्छ । हिमाल क्षेत्रमा रहेका तलका ७ प्रकारका पुलती नेपाल बाहेक अन्यत्र पाइन्न भनिन्छ । ती हुन्- पोण्टिया शेर्पा, रापाला हिनामाहरु, यिपथिमा कन्फुसा, नेपाल भिडो ब्लु, सिक्किम ब्याण्डेड एपोलो, लोपिंग लेहमानी र नेप्टी सतामुर ।

सबैभन्दा अग्लो उचाइमा धानखेती
विश्वको सबैभन्दा अग्लो उचाइमा धानखेती नेपालको जुम्ला जिल्लाको ‘जिउलो’ भन्ने ठाउँमा गरिदै आएको छ । समुद्र सतहदेखि २,८५० मिटरको उचाइमा विगत केही वर्षअघिदेखि जापानको सहयोगमा नियमित धानखेती गरिदैं आएको छ

सबैभन्दा गहिरो र बढी चरा भएको उपत्यका
समुन्द्र सतहभन्दा ३,६०० मिटरसम्म गहिरो अनुमान गरिएको अरुण उपत्यका विश्वमा नै र्सवाधिक गहिरो उपत्यका हो भने ६०० भन्दा बढी जातिका चराहरु पाइने यस उपत्यका विश्वमा बढी चराहरु भएको उपत्यका मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *