टाढा टाढा नभइजाऊ तिमी
मेरो हृदयभन्दा पनि पर
हर ठाटीमा यो दिल हुन्न
खोजिहिंड्दा माया भेटिन्न
आँसु मै डुब्छ जिन्दगी
अनि आफ्नो भन्ने कोही हुन्न
मैले तिमीलाई चाहिदिंदा
वैरी भए वसन्तहरु
ऋतुहरु मसँग दूर भए
तर चाहना मेटिएन
तिम्रै निम्ति म बाँचिदिंदा
व्यर्थै भए ती जीवनहरु
खुसीहरु मसँग दूर भए
तर तिमीलाई भुल्न सक्तिन
शब्द, संगीत – भुपेन्द्र रायमाझी
स्वर – लोचन भट्टराई
