यो संसारमा तिमी मात्र बाँच्नु है
अरुलाई रुवाएर आफू मात्र हाँस्नु है
यस्तो सोचाई रहेछ तिम्रो महान हो विचार
पाउँदिनौ अब कसैको साहरा एक्लै नाँच्नु है
तिम्रा पनि आउछन हेर दुखका दिनहरू
बाटोमा हेर फलामका ढोका मज्जाले भाच्नु है
नमाग गुहार फेरि तिमी दुखमा परेर
सोच्नै तिमी गल्ति गर्यौ दुख एक्लै काट्नु है
