घरी आँखा सन्काउँछ घरी माया जताउँछ
साँच्चै माया गर्छु भनी ईशाराले बताउँछ
जता जान्छु उतै आई मर्छु भनी घुर्क्याउँछ
अघिपछि लाग्दै ऊ निक्कै मलाई सताउँछ
पक्कै पनि कि त ऊ अन्जान छ कि त पागल छ
कैले खुबै रिसाउँछ कैले खुबै हसाउँछ
अधैर्य त्यो प्रेम उस्को प्रदर्शन गर्छ यस्तो
मानौ जूनको चाह गर्दी हुँ त ऐले ऊ खसाउँछ
सामीप्य यो दुख्छ बिझ्छ भन्ने सबै बिर्सिएर
टेक्दै काँडा टिप्छ गुलाब यस्मै ऊ रमाउँछ
बिना तामाङ’सुनगाभा’
